पु.समाचार

गौचन हत्यामा संलग्न थप ३ जना पक्राउ

काठमाण्डौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरअनुसार पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाण्डौका सूर्य बाजी र सिरहाका श्याम गुप्ता छन् ।

यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

यसैबीच, परिषरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ । गौचनलाई असोज २३ गते गोली हानी हत्या गरिएको थियो ।