पु.समाचार

स्वदेशी उत्पादनको बृद्धिमा जोड दिनुपर्छः चन्द्रप्रसाद ढकाल

कास्की । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

आज कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।

४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नेपालको नीजि क्षेत्र तयार रहेको जानकारी गराए । मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायको निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको अनुभव नेपालको नीजि क्षेत्रले पनि गरेको बताए ।

कानुनमन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्तगरेका थिए ।

आइएमई ग्रुप एक व्यवसायीक संस्था हो । यसले रेमिटेन्स, बैंकिंग, सूचनाप्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।