आर्थिक

बिर्तामोडमा करेण्ट मनोरञ्जन मेला आयोजना हुने

काठमाण्डौ । करेण्ट तयारी चाउचाउ, यशोदा फुड्स प्रालि अन्तर्गतको ब्राण्डले करेण्ट मनोरञ्जन मेलाको आयोजना गर्ने भएको छ । मेला सुगम पेट्रोल पम्प बिर्तामोड झापामा पौष २९ गते दिउँसो १२ बजेदेखि सञ्चालन हुने आयोजकले विज्ञप्ति मार्फत जानकारी दिएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

मेलामा प्रसिद्ध लोकप्रिय गायकहरु राजेश पायल राई, सविन राई तथा गायिका मिलन अमात्य र डिल्ली फोम्बोको साथ बिमोक्स ब्यान्डले आफ्नो रोचक प्रस्तुति पस्कने विज्ञप्ति मार्फत जानकारी दिइएको छ । साथै, लोकप्रिय हाँस्य कलाकार जितु नेपाल, श्रीकृष्ण लुईंटेल र एभरेष्ट क्रु लगायत अन्य थुप्रै कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक प्रस्तुतिका साथ सहभागिलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

मेलामा उपस्थितहरुको मनोरञ्जनका लागि मेला स्थलमा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि समेतको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।