पु.समाचार

राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन आयुक्त नियुक्त, कुन प्रदेशको को ?(सूचीसहित)

काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका लागि सात वटै प्रदेशमा प्रमुख निर्वाचन आयुक्त तोकेको छ ।  बिहीबार आयोगले एक सूचना प्रकाशित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन प्रमुखमा नियुक्त गरेको आयोगले जनाएको छ ।

आयोगले प्रदेश नम्बर १ मा राजकुमार खतिवडा, प्रदेश नम्बर २ मा राधाकृष्ण उप्रेती , प्रदेश नम्बर ३ मा बालमुकुन्द दवाडी, प्रदेश नम्बर ४ मा दीपेन्द्र अधिकारी, प्रदेश नम्बर ५ मा हेमन्त रावल, प्रदेश नम्बर ६ मा मेदिनीप्रसाद पौडेल र प्रदेश नम्बर ७ मा जयानन्द पनेरुलाइं नियुक्त गरेको छ ।

प्रदेशसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ । आयोगले माघ ७ गते उम्मेदवारको नामावली र दल दर्ताका लािग समय दिएको छ भने १५ गते उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने जनाएको छ ।