अन्तर्राष्ट्रिय

यहाँका युवतीले मदिरा सेवन गर्न अब सरकारको अनुमति लिनुपर्दैन

बीबीसी । श्रीलंकामा अब महिलाले पनि मदिरा किन्न पाउने भएका छन् । ६० वर्षपछि पहिलो पटक महिलाले मदिरा किन्न पाउने भएका हुन् । तर मदिरा किन्ने महिलाको उमेर भने १८ वर्ष पूरा भएको हुनुपर्नेछ। सरकारले १९५५ को एक कानुनलाई परिवर्तन गरेको छ । र भनेको छ, ‘यो कानुनले महिलामाथि भेदभाव गरेको थियो ।’

बुधबार श्रीलंकाका अर्थमन्त्री मंगला समरवीराले कानुनमा परिवर्तन गरिएको घोषणा गरेका हुन् । यसअर्थ अब महिलाले ती क्षेत्रमा पनि काम गर्न पाउँछन् जहाँ मदिराको कारोवार हुन्छ ।

यद्यपी श्रीलंकामा पुरानो कानुनलाई पूर्ण रुपमा लागू गरिएको थिएन । तर महिलाले कानुन परिवर्तनको स्वागत गरेका छन् ।
सामाजिक संजालमा महिलाहरुले पुरानो कानुन परिवर्तन गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । नयाँ कानुन अनुसार महिलाले अब रेस्टुरेण्ट र बारमा काम गर्न वा मदिरा सेवन गर्न सरकारको अनुमति लिनुपर्ने छैन ।

धेरैजसो मानिसले सरकारको यो निर्णयको स्वागत गरेका छन् । तर कतिपयले भने कानुन परिवर्तनसँगै महिला मदिराको तलको सिकार हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । श्रीलंकामा महिला सांस्कृतिक कारणले गर्दा पारम्परिक रुपमा मदिरा सेवन गर्न पाउँदैनन् ।