मनोरञ्जन

पहिलेको श्रीमान् रोमान्टिक नभएपछि जेपीलाई अंगालेः अभिनेत्री गोस्वामी

काठमाण्डौ । बलिउड चलचित्र ‘गोलमाल’ (१९७९) की उर्मी यानी अभिनेत्री विन्दिया गोस्वामी ५५ वर्षकी भएकी छन् ।

६ जनवरी १९६२ को जन्मेकी विन्दियाले १२ वर्षले जेठो निर्देशक जेपी दत्तासँग भागेर विवाह गरेकी थिइन् । विन्दिया र जेपी सम्बन्धलार्इ लिएर परिवारले विरोध गरेका थिए, किनकी निर्देशक जेपी दत्ता उनी भन्दा १२ वर्षले जेठो थिए । तर, अभिनेत्री विन्दियाले पनि आफ्नो परिवारको विरुद्धमा गएर आफूले १९८५ मा भागेर विवाह गरेको जनाइएको छ ।

अभिनेत्री विन्दिया पहिलेदेखि नै एक विवाहित महिला हुन् । उनको विवाह विवाह विनोद मेहरा (जो अहिले यो संसारमा छैन) सँग भएको थियो, तर विवाह भएको केही वर्ष नबित्दै सम्बन्धविच्छेद हुन पुग्यो ।

त्यसपछि विन्दिया र जेपी दत्ता एक–अर्कासँग नजिक हुन पुगे र दुवैजनाले एकसाथ जीवन बिताउने निर्णय गरेका थिए ।
विन्दियाले भनिन्– ‘पहिलेको श्रीमान् रोमान्टिक थिएन’

व्यक्तिगतरुपमा जेपी धेरै इन्ट्रोवर्ट व्यक्ति थिए । विन्दियाले एक अन्तर्वार्मामा बताएकी थिइन्, हामी दुवै एकदमै विपरीत छौं । उनी मुुश्किलले कुरा गर्दथे र म हरेक समय बोलिरहने गर्दछु । उनी विल्कुल रोमान्टिक छैन । मलाई बाहिर जान, घुम्न खुब मन पर्छ तर उनलाई घरमा बस्न मनपर्छ ।