पु.समाचार

डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट

दुनै, डोल्पा । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए ।

प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिए । आगलागी कसरी भयो भन्ने कुनै जानकारी नआएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।