आर्थिक

आइएमई लाइफ इन्सोरेन्सको प्रथम साधारण सभा सम्पन्न

काठमाण्डौ । आइएमई लाइफ इन्सोरेन्सको प्रथम वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधान कार्यालय सहित ४० वटा शाखाकार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको जानकारी गराए ।

कम्पनीले आममानिसको पहुँचहुने खालको १० प्रकारको स्तरीय तथालाभदायकबीमा योजनाहरु कार्यान्वयनमाल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी गराए । कम्पनीमा हालसम्म आबद्ध रहेका  एक हजार २ सय ५४ अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाइव्यबसायमासक्रीय रुपले सहभागीहुनेु गरि प्रबिधि र सफ्ट्वयेरलाई उच्चतम् प्रयोग गराई सम्पुर्ण शाखाहरुबाट बिमालेख जारी गर्दै आइरहेको जानकारी गराए ।

उक्त वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुतवार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३–७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरीयो । उक्तवार्षिक साधारण सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमाश्री अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरिएको छ ।

नवनिर्वाचित संचालकहरुले आजै पदवहाली तथा शपथ ग्रहण गरे । आजै बसेको संचालक समितिको वैठकले डा. रामहरि अर्यालज्यूलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन समेत गर्यो ।

नियमनकारी निकाय बीमा समितीको प्रावधानअनुसार २०७५ साल अषाढ मसान्तसम्मको चुक्तापूँजी कम्तीमा रु. २ अर्ब पु¥याउनु पर्ने प्रावधान अनुरुप सर्बसाधारणलाई शेयर जारी गरी पूजी बृद्विगर्ने जानकारी गराए ।

अध्यक्ष डा. रामहरी अर्यालले कम्पनीको उन्नति र प्रगतिमानिरन्तर सक्रिय रहेका सम्पुर्ण बिमितहरु ,सस्थापक शेयरधनीमहानुभावहरु ,कर्मचारी र नियमनकारी निकाय,बीमा समितीलगायत नेपाल सरकारकाबिभिन्ननिकायहरु प्रतिहार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।