पु.समाचार

गोविन्द केसीले मुद्दाको बहसपछि भनेः मलाई रिहा गर्नु पर्दैन, अदालतको आरोप मञ्जुर छ

काठमाण्डौ । डा. गोविन्द केसीविरुद्धको मुद्दाको बहस सकिएको छ । न्याययाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहस गरेका थिए ।

केसीका तर्फबाट भने कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतले बहस गरेका छन् ।

बहसका क्रममा केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन र उनीमाथि लागेको आरोपबारे बोल्न दिन माग गरेका छन् ।

बहस सकिएको र आजै आदेश आउने केसीको पक्षमा बहस गरेका एक वकिलले बताए ।

डा. केसीले ंआफूलाई वकीलहरुले रिहा गर्नुपर्ने माग गरे पनि आफू रिहा नहुने बताए । उनले आफूलाई अदालतले लगाएको आरोप मञ्जुर हुने बताए । डा. केसीले प्रधानन्यायाधीशमाथि आफूले लगाए आरोपबारे छानबिन हुनुपर्ने माग गरेका छन् ।