पु.समाचार

प्रधानन्यायाधीश गोपाल पराजुलीले धम्की दिएः डा. केसी

काठमाण्डौ । अदालतको अवहेलना मुद्दामा पक्राउ गरेका डा. गोविन्द केसीले इजलासमा आफूलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले धम्की दिएको खुलासा गरेका छन् । उनले आफू सँधै अदालतको सम्मान गर्ने तर गोपाल पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाए ।

बुधबार सर्वोच्च अदालतमा न्यायाधीश पुरुषोत्तम भण्डारी र बमबहादुर श्रेष्ठको इजलासमा डा. केसीको मुद्दाको सुनुवाईमा उनले उक्त कुराको खुलासा गरेका हुन् ।

केसीले पराजुलीले आफूलाई धम्की आएको भन्दै अदालतमा खैलाबैला मच्चाए । उनले भने, ‘प्रधानन्यायाधीश पराजुलीले मलाई धम्की दिएका छन् । उनको परिवारबाट मेरा मान्छेलाई धम्की आएको छ । म अदालतको सम्मान गर्छु तर, पराजुली भ्रष्ट र माफिया नै हुन् ।’

उनले आफूलाई पक्राउ पूर्जीबिनै पक्राउ गरेको भनदै विरोध गरेका थिए ।