राजनीति

विमानस्थलबाट ओलीले भनेः कानूनी समस्या आए गोविन्द केसीजीलाई सोध्नुहोला

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग विभिन्न प्रकारका ब्ल्यामेलिङको सिकार भएको बताएका छन् ।

बुधबार नियमित उपचारका लागि बैंकक जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ब्ल्याकमेलिङको शिकार कति भयो भन्ने निर्वाचन आयोगलाई थाहा भएको बताए । उनले भने, ‘सुनिन्छ, निर्वाचन आयोग विभिन्न् प्रकारका ब्ल्याकमेलिङको शिकार भएको छ भनेर । कति साँचो हो उहाँहरु जान्नुहोला ।’

त्यस्तै उनले गोविन्द केसीलाई कटाक्ष गर्दै कानुनी समस्या आए उहाँलाई सोध्न आग्रह गरेका थिए । उनले भने, ‘निर्वाचन आयोगलाई कानुनी कुराहरुमा अप्ठ्यारो लाग्यो भने गोविन्द केसी जीलाई सोध्नुभए पनि हुन्छ । केसीजीले धेरै कुराहरु फटाफट भनिराखेको अवस्था छ के भने भनेर, त्यो अदालतले पनि जान्ला ।’