आर्थिक

प्रधानन्यायाधीश पराजुली डा. केसीको प्रतिवादी भएर कानुनी कठघरामा !

काठमाण्डौ । डा. गोविन्द केसीले प्रधानन्याधीश गोपाल पराजुलीमाथि गम्भीर आरोप लगाएपछि त्यसको उत्तर दिन प्रधानन्यायाधीशले कठघरामा उभिनु पर्ने भएको छ ।

हिजो(मंलबार) सर्वोच्च अदालतमा बयान दिएका डा. केसीको लिखित बयानमा प्रधानन्यायाधीशले न्यायालयको अपमान र पदको दुरुपयोग गरेको आरोप लगाएपछि केसीको आरोपको चित्तबुझ्दो जवाफ दिन उनले कठघरामा उभिनै पर्ने देखिएको छ ।

प्रधानन्यायाधीश जस्तो पदमा रहेको व्यक्तिमाथि यति ठुलो आरोप लागेपछि कानुनी रुपमै उनले उक्त विवादास्पद विषयको जवाफ दिनुपर्नेछ । केसीले फौजदारी अभियोगको आरोप लगाएपछि उनी प्रतिवादी भएर कानूनस्म्मत जवाफ दिनुपर्नेछ ।

पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको आरोप डा. केसीको छ । साथै उनले उमेर सच्याएर पदमा बसिरहेको आरोप डा. केसीले लगाएका छन् । उनी गत असारमा ६५ वर्ष पुगेपनि अहिलेसम्म पदमा बसिरहनु गैरकानुनी भएको र यससम्बन्धमा छानबिन गर्न माग गरेका छन् ।

बयानमा भनिएको छ, ‘नागरिकता दुई ठाउँबाट मात्र लिएका छैनन् । उनले उमेरसमेत सच्याएका छन्, पछिल्लोपटक काठमाण्डौबाट नागरिकता लिएका आधारमा उनी हालसम्म प्रधानन्यायाधीशको पदमा आसिन छन् । उनको नागरिकताको आधारमा उनी २०७४ असारमै ६५ वर्ष उमेर पुगिसकेका छन् । यस विषयमा छानबिन होस् । ६५ वर्ष उमेर पूरा भएर पनि प्रधानन्यायाधीशको पदमा बस्नु गैरकानुनी हो । ओहदाको दुरुपयोग हो । यस किसिमको कार्य भनेको न्याय बेचबिखन गर्नुसरह हो ।’

अहिले प्रधानन्यायाधीशलाई केसीको आरोप टाउको दुखाईको विषय बनेको छ । साथै डा. केसीले प्रधानन्यायाधीशको पढाईको विषयलाई पनि कडा रुपमा उठान गरेका छन् । उनले प्रधानन्यायाधीश जस्तो व्यक्तिले एसएलसी पास गरे नगरेको छानबिन गर्न माग गरेका छन् ।

डा. केसीले भनेका छन्, ‘निज गोपाल पराजुलीले एसएलसी पास गरेका छन् कि छैनन् भन्ने बारेमा विवाद छ । सो सम्बन्धमा विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको आदेश र मिसिललाई पनि हेरी संलग्न गरी पाऊँ । निज पराजुलीको शैक्षिक प्रमाणपत्र जाँच गरी पाऊँ । न्यायाधीश हुनका लागि शैक्षिक प्रमाण पत्र नभएको व्यक्ति प्रधानन्यायाधीश हुन सक्छन् ? के यो राज्य र अदालतजस्तो संस्थालाई गुमराहमा राख्ने आपराधिक कार्य होइन ? सार्वजनिक सञ्चारमाध्यममा उनको शैक्षिक प्रमाणपत्र र योग्यताका बारेमा जुन प्रश्न उठेको छ । त्यससम्बन्धमा न्यायपरिषद् र संवैधानिक परिषदले के छानबिन गरे र के निर्णयमा पुगे भन्नेबारेमा सक्कल निर्णय कागजात हेरियोस् । सो झिकी बुझी पाऊँ ।’

न्यायको मूर्तीमाथि डा. केसीको आरोप चानचुने देखिँदैन । डा. केसीको प्रश्नको उत्तर दिन उनले कठघरामा उभिएर कानूनसम्मत जवाफ दिनुपर्नेछ । न्यायमूर्ती भएकैले उनी उम्किएर भाग्न पाउँने छैनन् । प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा आशिन व्यक्तिमाथि यति ठुलो आरोप लाग्नु उनका लागि दुर्भाग्यसाबित भएको छ । किनभने डा केसीको समर्थमा सडकमा उर्लिएको जनलहरलाई चित्तबुझ्दो जवाफ दिन पराजुलीले भागेर धर पाउने छैनन् ।

यतिबेला पराजुलीलाईं निर्दोष साबित गर्नका लागि कि त सार्वजनिक रुपमा चित्तो बुुझ्दो जवाफ दिनुपर्नेछ या पदबाट राजीनामा । केसीले आजसम्म कसैले गर्न नसकेको शाहसिक कामसमेत गरेका छन् । किनकि यस अगाडिसम्म यायमूर्तिमाथि यति ठुलो गम्भीर आरोप लाग्न सकेको थिएन ।