राजनीति

केपी ओली पार्टी एकताबारे यसो भनेर बैंकक उडे !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ दिनमै दुई पार्टी एक हुने बताएका छन् । उपचारका लागि बैंकक जाने क्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले तत्कालै प्रदेश प्रमुख र प्रदेशको मुकाम तोक्न अनुरोध गरे । यसअघि यो सरकारले चयन गरेका प्रदेश प्रमुखसँग सपथ ग्रहण नगर्ने बताएका ओलीले आज भने तत्कालै प्रमुख र अस्थायी मुकाम तोक्न आग्रह गरे ।

दाहाललाई एकीकृत पार्टीको अध्यक्ष दिन तयार हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘१५ दिनमा नै पार्टी एकता हुँदैछ । को हुन्छ भन्ने त्यसबेला नै थाहा पाउनुहुनेछ ।’
उनले संविधानअनुसार संवैधानिक निकायै नै नचलेको बताए । उनले जनमतको अवमूल्यन भइरहेको बताए ।

उनले एमाले र माओवादीबीच एकता हुन नदिने षडयन्त्र भइरहेको बताउँदै भने, ‘कानुन के हो भन्नेबारे गोविन्द केसीसँग सोध्नुस् । पार्टी एकताबारे खुराफातिमा पीएचडी गरेकाको ज्यानले अब घाम ताप्नेवाला छ ।’