पु.समाचार

सर्वोच्च अदालतभित्र बहस, बाहिर विना सर्त रिहाईको माग

काठमाण्डौ । सर्वोच्च अदालतभित्र डा. गोविन्द केसीको बहस चल्दै गर्दा अदालत बाहिर भने प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध नाराबाजी सुरु भएको छ ।

डा. केसीलाई विन शर्त रिहाइको माग र प्रधानन्यायाधीश पराजुलीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन जारी छ ।

प्रदर्शनकारीले ‘चारै तिर प्रष्ट छ गोपाल पराजुली भ्रष्ट छ’, ‘म पनि गोविन्द केसी, मलाई पनि पक्राउ गर’, ‘दुर्इटा नागरिकता कस्को ? एसएलसी फेल पराजुलिको’, ‘डा केसीको अनशन, पराजुली लाई टेन्सन’ जस्ता नारा घन्काउन थालेका छन् ।