सामाजिक सञ्जाल

डा. केसीको संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउनैपर्छः बाबुराम भट्टराई

काठमाण्डौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसी प्रकरण राज्यका तीनवटै अंगहरुको पूर्ण लोकतान्त्रिकरणको मुद्दा भएको बताएका छन्

डा. भट्टराईले समाजिक सञ्जालमार्फत भनेका छन्, ‘डा. के सी प्रकरण सामान्य मानहानीको प्रश्न मात्र नभएर राज्यका तीनवटै अंगहरूको पूर्ण लोकतान्त्रीकरणको मुद्दा हो ।लामो संघर्ष पछि पनि व्यवस्थापिका र कार्यपालिकाको तुलनामा न्यायपालिकाको रूपान्तरण हुननसकेकै हो । त्यसैले यो संघर्षलाई तार्किक निष्कर्षमा पुर्याउनैपर्छ ! संघर्ष जारी राखौं !!!’