राजनीति

डा. केसीको विरोध गर्दै काँग्रेस नेताले दिए कडा अभिव्यक्ति, के भने ?

काठमाण्डौ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले डा. गोविन्द केसीको अनसनलाई नानीमैयाँ प्रवृत्ति भनेर व्यंग्य गरेका छन् ।

अदालतको अवहेलना गरेको भन्दै सोमबार सँझ पक्राउ परेका डा. केसीको विरोधमा नेता निधिको यस्तो अभिव्यक्ति आएको हो ।

बुधबार निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सरकार, संसद र अदालत– तीन वटै (राज्यको अंग) मैले भनेअनुसार नै चल्नुपर्छ । ‘आइ एम द स्टेट’ होइन र यो ? नानीमैयाँको पुलिंग अवतार र भक्तहरु…!!’

साथै उनले उक्त ट्विट गरेको एक घण्टा नबित्तै डा. केसमिाथि अर्को छेड हानेका छन् ।

उनले भनेका छन्, ‘अदालतको अवहेलना र अनशन – दुबै फैशन हुन लागेको छ । नानीमैंयांप्रवृतिको लोकप्रियता बुद्धिविलासको लागि त रमाईलै होला । तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनकोलागि कति बुद्धिमत्तापुर्ण हुन्छ ख्वै !! ?’