स्वास्थ्य

डा. केसीको मुद्दामा सुनुवाई गर्ने इजलास परिवर्तन, न्यायाधीशद्वय भण्डारी र श्रेष्ठको संयुक्त इजलासमा बहस सुरु

काठमाण्डौ । डा. गोविन्द केसीको मुद्दामा सुनुवाई गर्ने इजलास परिवर्तन गरेको छ । सर्वोच्च अदालतले न्यायाधीशद्वय पुरुषेत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकेको छ । मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले बयान लिएको थियो ।

सामान्यतः बयान गराइएको इजलासले नै मुद्दाको बाँकी प्रक्रिया अघि बढाउने गर्छ तर, केसी विपक्षी रहेको अपहेलनाको हेर्दाहेर्दैको मुद्दामा इजलास परिवर्तन भएको छ ।

सर्वोच्चको पेशी व्यवस्थापनमा प्रधानन्यायाधीशको भूमिका निर्णायक हुन्छ । बयान गराएका इजलासका एक सदस्यले भने ओमप्रकाश मिश्रलाई आज प्रधानन्याधीशसहितको पूर्ण इजलासमा तानिएको छ ।

केसी विपक्षी रहेको मुद्दामा बहस सुरु भइसकेको छ । अहिले सर्वोच्च प्रशासनका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीको बहस जारी छ ।