स्वास्थ्य

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म मेरो अनशन जारी रहन्छः डा. केसी

काठमाण्डौ । अदालतको अवहेलना मुद्दामा पक्राउ परेको डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राजीनामा नदिएसम्म आफूले अनशन नछोड्ने चेतावनी दिएका छन् ।

बुधबार बिहान सर्वोच्च अदालत लगिएका केसीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘जबसम्म घुसखोरी, माफिया प्रधानन्यायाधीशले राजीनामा दिँदैनन् तबसम्म मेरो अनशन जारी रहन्छ । ’

केसीलाई वीर अस्पतालबाट प्रहरीको एम्बुलेसन्समा राखेर बिहान साढे ९ बजे सर्वोच्च अदालत लगिएको थियो । स्वास्थ्यमा समस्या भएपछि केसीलाई मंगलबार साँझ वीर अस्पताल लगिएको थियो ।

सोमबार साँझ पक्राउ परेका केसीको हिजो(मंगलबार) बयान सकिएको छ । उनको मुद्दाको बहस आज हुँदैछ ।

डा. केसीको समर्थनमा राजनीतिक दल, नागरिक समाजलगयातको समथर्टन रहेको छ । सरकारलाई नेविसंघले डा.केसीलाई विनासर्त रिहाई गर्न माग गर्दै आएको छ ।