खेलकुद

आर्मीको जित यात्रा जारी, राष्ट्रिय सुटिङ भोलीदेखि

काठमाण्डौ । राखेप च्याम्पियनसिपअन्तर्गत २२ औं पुरुष तथा १७ औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको दोश्रो दिन मंगलबार पनि आर्मीको पुरुष÷महिला टिमले जित यात्रालाई निरन्तरता दिएका छन् ।

पुरुषमा आर्मीले पूर्वाञ्चललाई ९४–२७ ले पराजित ग¥यो भने महिलामा आर्मीले मध्यपश्चिमाञ्चललाई ५०–२० ले हरायो ।

पुरुषको अन्य खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ७३–४१, पश्चिमाञ्चलले मध्यमाञ्चललाई ३९–३५ तथा एपीएफले सुदूरपश्चिमाञ्चललाई ५०–३० ले पन्छाए । पश्चिमाञ्चल विरुद्ध नतिजा सुम्पेको मध्यमाञ्चल मध्यपश्चिमाञ्चल विरुद्ध भने ७४–३६ ले विजयी भयो ।

महिलाको अन्य प्रतिस्पर्धामा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ५६–३३ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ६९–१६ ले पाखा लगाए ।

मध्यमाञ्चल सेमिफाइनलमा

मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । मध्यमाञ्चल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

मध्यमाञ्चलले लिगको आफ्नो अन्तिम खेलमा पश्चिमाञ्चललाई ६९–२० ले पराजित ग¥यो । मध्यमाञ्चलकी माया स्याङतानले १२ अंक जोडिन् । मध्यमाञ्चल सेमिफाइनल पुग्ने तेश्रो टोली हो । यसअघि मध्यपश्चिमाञ्चल र आर्मी समूह ‘बी’ को क्रमशः विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगिसकेका छन् । अब पश्चिमाञ्चल र पूर्वाञ्चलको खेलबाट महिलामा सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्ने छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा तीनै विभागी टोली एपीएफ, नेपाल आर्मी र नेपाल प्रहरीसहित मध्यमाञ्चलले सफलता पाए ।

एपीएफले पश्चिमाञ्चललाई ८६–७६ ले हरायो । एपीएफका विजय बुर्जाले २९ अंक जोडे । सदीश प्रधानको ३१ अंक सहयोगमा आर्मीले मध्यपश्चिमाञ्चललाई १२७–६२ को फराकिलो अन्तरले पन्छायो । प्रहरीले पूर्वाञ्चलको चुनौती ९०–६६ ले समाप्त पा¥यो । प्रहरीका विकास गुरुङले २८ स्कोर गरे । आर्मी र प्रहरीको लगातार दोश्रो जित हो ।

सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा मध्यमाञ्चल ९०–६९ ले विजयी भयो । मध्यमाञ्चलका विनोद श्रेष्ठले १९ अंक बटुले ।

काभ्रे टिम च्याम्पियन

काभ्रेले दोश्रो राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेको छ । काभ्रेले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको आयोजक नेपाल क्योकुसिन–सेइसिन काईकान कराते संघका अध्यक्ष एवं व्रान्च चिफ अशोककुमार श्रेष्ठले जनाएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूहमा काभ्रेका अच्यूत अधिकारी,, ५५ केजीमा काभ्रेका सुवास लिम्बू, ४५ केजीमा सिन्धुपाल्चोकका विशाल लामा, ४० केजीमा ललितपुरका विकास महर्जन, ३० केजीमा काभ्रेका समिर बुढाथोकी र २५ केजीमा खोटाङका स्वस्तिक लम्सालले स्वर्ण जिते ।

महिला खुला तौलसमूहमा ललितपुरकी शिवानी श्रेष्ठ, ५० केजीमा काभ्रेकी आरती तामाङ, ४५ केजीमा काठमाण्डौकी नविना लामा र ४० केजीमा काभ्रेकी प्रतिक्षा भुजेलले पहिलो स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा काभ्रेका तुलसीराम श्रेष्ठ तथा काठमाडौंका राजकृष्ण श्रेष्ठलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको थियो । दुईदिने प्रतियोगितामा २ सय १५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय सुटिङ भोलिदेखि

राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु हुँदैछ ।

प्रतियोगितामा पुरुष÷महिलाको एयर राइफल र एयर पेस्तोलतर्फ व्यक्तिगत र टिम गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल सुटिङ संघका सचिव एवं प्रमुख प्रशिक्षक प्रदीप खातीले जनाएका छन् । १० मिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

पुरुष-महिलामा पाँच विकास क्षेत्र, नेपाल आर्मी र नेपाल प्रहरीबाट समान ४२–४२ खेलाडी सहभागी हुने छन् । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

केब्स कप भोलिदेखि

कुमारी एकेडेमीको आयोजनामा प्रथम केब्स कप अन्तरकलेज छात्र फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं ईसीए को–ओर्डिनेटर शुम्भु कार्कीले जानकारी गराए ।
विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चावहिलस्थित गणेशथानमा हुनेछ । फाइनल पुस ३० गते हुनेछ ।

ललितपुर जिल्ला फुटबल संघमा पुरुषोत्तम थापा

अखिल नेपाल फुटबल संघ ललितपुर जिल्ला कार्य समितिमा झम्शिखेल युथ शोसाईटीका पुरुषोतम थापामगर अध्यक्ष पदमा निर्वाचित भएका छन्। सर्वसर्मत नभए पछि मतदानमा पुरुशोतमले ६ मत र उनका प्रतिद्वन्दी महेन्द्र क्षेत्रीले ४ मत पाएका थिए।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यतामा र एन्फाका प्रतिनिधि दिनेश ब्यनजन्कारको रोहबरमा भएको साधारणसभाले उपाध्यक्षमा सहदेव ब्यन्जन्कार ,बाबुकुष्ण महर्जन र परशुराम गुरुङ रहेका छन् भने सदस्यहरुमा निरज तुलाधर ,रवी महर्जन ,रविन महर्जन ,प्रविण जङ् थापा र राजन पन्त निर्वाचित गरेको छ।

सगरमाथा अन्तराष्ट्रिय करातेको तयारी पूरा

नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको १९ औं बार्षिकोत्सवको अवसरमा हुने चौथो सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा हुने छ ।

प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्र भारत, बंगलादेश, पाकिस्तान र भुटानका करिव दुई हजार खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक गजेन्द्र बहादुर खपाङ्गी (इश्वर) ले जनाएका छन् ।

पुरुष तर्फ जुनियर तथा क्याडेट ईभेन्टमा २३, २५, २७, ३०, ३३, ३५ र ४०, सिनियर तर्फ ४५, ५०, ५५, ६०, ६७ र ७५ केजी तथा एकल काता गरि १४ स्वर्णका लागि प्रतिस्पर्धा गराईने छ । यस्तै महिला तर्फ जुनियर तथा क्याडेटमा २३, २५, २७, ३०, ३३, ३५, ४० तथा सिनियर तर्फ ४५, ५०, ५५, ६१, ६७ मुनि र ६८ माथी तथा एकल काता गरि १४ स्वर्णका लागि खेलाडीहरुको प्रतिस्पर्धा गर्ने छन् ।

एन प्याब्सन खेलकुद सप्ताह शनिबारदेखि

 राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन (एनप्यब्सन) को आयोजनामा पहिलो संस्करणको एन प्याब्सन खेलकुद सप्ताह शनिबारदेखि हुने भएको छ ।

आयोजक एन प्याब्सनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ५ विधा समेटिएको खेलकुद सप्ताह गर्न लागेको जानकारी गराएको हो । खेलकुद सप्ताहमा फुटबल, सटपुट, १०० मिटर दौड, ४०० मिटर दौड रिले र ३ हजार मिटर दौड हुने एन प्याव्सनका खेलकुद इन्चार्ज खडक बहादुर बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा काठमाण्डौ जिल्लाका एनप्याब्सनसँग आबद्ध १ सय भन्दा बढी विद्यालयले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । फुटबलमा ५ फिट भन्दा मुनिकाले मात्रै सहभागिता जनाउने छ ।

खेलकुद सप्ताहमा फुटबल बाहेक अन्य चार विधाका खेलहरुमा हरेक विद्यालयबाट दुई जना छात्र÷छात्रा छनोट भएर आउनेछ । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव ६ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । खेलकुद सप्ताह सानो गौचरन खेल मैदानमा हुनेछ ।

इन्जिनियररिङ इन्डोर क्रिकेट हुने

कसमस कलेज र सिवाइएसटीको आयोजनामा इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको सिक्स ‘ए’ साइड इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजकले मंगलबार एक कार्यक्रम गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । पुस २९ गतेबाट माघ २ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १६ इन्जिनियरिङ कलेजले सहभागिता जनाउनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । म्यान अफ दि सिरिजले क्रिकेटको फुट किट ब्याग प्राप्त गर्नेछ । प्रतियोगिता कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा हुने खेल इन्डोरको नियम अनुसार नै खेलाइने आयोजकले जनाएको छ ।