आर्थिक

बिराटचोकमा सिभिल बैंकको शाखा

काठमाण्डौ । सिभिल बैंकले मोरङको बिराटचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखा सहित ईटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी बिराटचोकमा संचालनमा ल्याईएको हो ।

उक्तशाखाको समुद्घाटन सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले गरेका थिए । उक्तशाखाको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगीव्यवसायी लगायत गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ ।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्विगर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख  खुदनाफा कमाउन सफल भएको यस बैंकले शेयरधनीहरुलाई ४०% हकप्रद शेयरको निस्कासन गरीसकेको छ । हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गतआ.व.को नाफाबाट बैंकको चुक्तापुँजी रु ८ अर्बपु¥याउने योजना रहेको छ ।