अन्तर्राष्ट्रिय

पोल्याण्डका दुई महत्वपूर्ण मन्त्रीलाई बर्खास्त

वारसा, पोल्याण्ड । पोल्याण्डका दक्षिणपन्थी प्रधानमन्त्री मातेउस मोराविकीले आफ्नो सरकारका दुई महत्वपूर्ण मन्त्रीहरूलाई वर्खास्त गरेका छन् ।

मातेउसले मङ्गलबार आफ्नो सरकारमा विवादास्पद बनेका एन्टोनी मासियरविक्ज तथा विदेशमन्त्री विटोल्ड वास्जीकोस्की बर्खास्त गरेका छन् ।

उनले वातावरणमन्त्री जान सिस्कोलगायतका अन्य केही मन्त्रीलाई पनि मन्त्रीमण्डलबाट हटाएको घोषणा गरेका छन् ।

प्रधानमन्त्री मातेउसले नयाँ मन्त्री मण्डलमा केही नयाँ अनुहार ल्याउने अनुमान गरिएको छ । यद्यपि मन्त्रीमण्डलका नयाँ सदस्यको नाम भने सार्वजनिक भइसकेको छैन ।