आर्थिक

एनआईसी एसिकया बैंकले गर्यो डिबेन्चर बाँडफाँड

काठमाण्डौ । एनआइसी एसिया बैंकले रु.३ अर्ब रुपैयाँ बराबरका “९ प्रतिशत एन आई सी एशिया डिबेन्चर २०८१/८२” डिबेन्चर बाँडफाँड गरेको छ । पुस १३ गते बिकी खुल्ला गरेको डिबेन्चर पुस २१ गते बन्द गरेको थियो । बिक्री बन्द गरेको चार दिन पछि अथवा २५ पुसमा डिबेन्चर बाँडफाँड गरेको बैंकले सर्बसाधारणहरुका लागि जानकारी दिएको छ । बैंकले तरलता र ब्याजदरको तीब्र उतारचढाबका बापदजुत पनि लगानीकर्ताहरुको उत्शाहजनक सहभागीता भएको जनाउदै उक्त डिबेन्चरका डिबेन्चरधनीहरुले सोही मितिबाट अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्ने जानकारी समेत दिएको छ ।
विगतको दशक देखी बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गर्दा ७ वर्षको अवधिका लागि ९ प्रतिशत व्याजदरलाई लगानीका लागि उत्कृष्ट अवसरका रुपमा लिन सकिन्छ । यस बैंकले जारी गरेको नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर नेपालको पूँजी बजारमा धितोपत्र बजारको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिएका छांै । यसले देशको पूँजी बजार विकासमा सकारात्मक टेवा पु¥याउने अपेक्षा यस बैंकले लिएको छ ।
निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिनेछ, जस पश्चात दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोवार गर्न सकिनेछ ।
यस डिबेन्चर जारी गर्ने प्रक्रियामा सम्पूर्ण लगानीकर्ताहरुले देखाउनु भएको उत्साहजनक सहभागिता एवं सम्पूर्ण सर्वसाधारण, ग्राहकवर्ग तथा संस्थागत लगानीकर्ताले यस बैंक प्रति दर्शाउनु भएको भरोसा एवं विश्वास प्रति हामी कृतज्ञ एवं आभारी भएको प्रमुख सुचना अधिकृत रोशन कुमार न्यौपानेले बताएका छन् । ।