राजनीति

बालकोट जानुअघि माअ‍ोवादी केन्द्रको बैठक पेरिसडाँडामा

काठमाण्डौ । नेकपा एमाले र माओवादीबीचको पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

पार्टी एकता संयोजन समितिमा समान साधारणा बनाउन पार्टी एकता संयोजन समितिको बैठक बस्नुभन्दा अगाडी पार्टी कार्यालय पेरिसडाँडामा शीर्ष नेताहरुको बैठक बस्न लागिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए ।

पेरिसडाँडामा हुने बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता नारायणाकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी हुँदैछन् । बैठक केही बेरमा सुरु हुने नेता श्रेष्ठले जानकारी दिए । बैठकपछि तीनै जना नेता सिँधै ओली निवास बालकोटमा जानेछन् ।

पार्टी एकतालाई अन्तिम रुप दिन एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा ३ बजे एकता संयोजन समितिको बैठक बोल्याइएको छ ।