आर्थिक

प्रिमियर इन्स्योरेन्सले लगानीकर्तालाई बोनस सेयर दिने

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई १३.५२ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ ।

कम्पनीले हालै जारी गरेको एफपीओपछि कायम हुने सेयर धनीले समेत बोनस पाउने निर्णय गरेको हो । यससँगै कम्पनीकोचुक्ता पुँजी ५८ करोड रुपैयाँ पाउने भएको छ ।

कम्पनीले कर बापत नगद लाभांश समेत दिने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव बीमा समितिको स्वीकृती र साधारण सभाबाट पारित हुन बाँकी छ ।