अन्तर्राष्ट्रिय

सरकारसँग लड्नुको विकल्प छैनः रोहिंग्या

एजेन्सी । रोहिंग्या मुस्लिम विद्रोहीले म्यान्मार सरकारसँग लड्नुको विकल्प नभएको धम्की दिएका छन् । आफ्नो समुदायलाई बचाउन युद्धकै बाटो अँगाल्ने र रोहिंग्या सम्बन्धी भविष्यमा गरिने वार्तामा आफूसँग सुझाव माग्न पनि उनीहरूले आग्रह गरेका छन् ।

रोहिंग्या विद्रोहीहरूको संगठन, अराकान रोहिंग्या सैल्वेशन आर्मी (एआरएसए) ले यस्तो घोषणा गरेको हो । एआरएसएले गत वर्ष २६ अगस्तमा म्यान्मारका सुरक्षाचौकी र सुरक्षाकर्मीमाथि भीषण आक्रमण गरेको थियो । त्यसकै बदलामा म्यान्मारको सेनाले रोहिंग्यामाथि भीषण कारबाही गरेको थियो । त्यसबाट रखाइन प्रान्तमा हिंसा भड्किएको थियो । हिंसाबाट बच्न साढे ६ लाखभन्दा बढी रोहिंग्या भागेर बंगलादेश पुगेका हुन् । म्यान्मार सेनाले गरेको कारबाहीको विश्वभर निन्दा भएको थियो । त्यहाँकी विदेशमन्त्री आङसान सुचीको व्यापक आलोचना गरिएको थियो । म्यान्मारले भने सेनाले जातीय सफाया गरेको भन्ने आरोपको खण्डन गर्दै आएको छ ।

एआरएसएले म्यान्मारका सुरक्षाकर्मीमाथि गत शुक्रबार आक्रमण शुरु गरिसकेको छ । उसले सेनाको ट्रकमाथि आक्रमण गरेको थियो । आक्रमणमा थुप्रै सुरक्षाकर्मी घाइते भएका थिए । आक्रमणलगत्तै म्यान्मार सरकारका प्रवक्ताले विद्रोहीले बंगलादेशबाट रोहिंग्या फिर्ता गर्ने योजनामा व्यवधान गर्न खोजेको बताए । बंगलादेशमा आ श्रय लिएका रोहिंग्यालाई जनवरीदेखि फर्काउने म्यान्मारको सरकारले जनाएको थियो । म्यान्मार र बंगलादेशबीच वार्ता भएपछि यांगुनले यस्तो प्रतिबद्धता व्यक्त गरेको थियो । म्यान्मारले बंगलादेशमा आ श्रय लिएका रोहिंग्यालाई जनवरीदेखि फर्काउन शुरु गर्ने समयसँगै विद्रोहीको यस्तो भनाइ सार्वजनिक भएको हो ।