राजनीति

डा. केसीले आवेगमा आएर अनशन बस्ने निर्णय गर्नुभएकोछ, उहाँसंग मेरो कुनै पुर्बाग्रह छैन : प्रधानन्यायधीश

काठमाण्डौ । सर्बोच्च अदालतले बिभुबन बिश्वबिद्यालय चिकित्शा शाश्त्र अध्ययन प्रतिष्ठानका ४ बर्ष अगाडि निलम्बित डिन डा. शशी श्रेष्ठलाई पुनर्बहाली गरेको भोलीपल्ट सोमबार डा. गोबिन्द केसीलाई पक्राउ गरेको छ ।

माहाराजगञ्ज शिक्षण अस्पतालमा सर्बोच्चको फैसला बिरुद्धमा बक्तब्यबाजी दिएपछि मानहानीमा परेको मुद्धामा फैसला गर्दै उनलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी हिराशतमा राखिएको छ ।

यसैबिच सर्बोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीले भने सबैले कानुनी राज्यको सममान गर्दै स्वतन्त्र न्यायपालीकाको सम्मान गर्नुपर्ने बताएका छन् । लोकतन्त्रको रक्षा गर्न न्यायपालीकालाई सम्पूर्ण जनताले सहयोग गर्नुपर्ने बताउदै पे्रश जगतले न्यायालयमाथी धावा बोल्नेलाई अदालतले गरेको निर्णयको बिरुद्धमा जान नहुने दाबी समेत गरेका छन् । सुर्यखबर प्रतिनिधिसँगको छोटो कुराकानीमा पराजुलीले उक्त कुरा बताएका हुन् ।

आफूलाई कसैसंग आग्रह पूर्बाग्रह नरहेको जनाउदै डा. केसीले आवेगमा आएर उक्त निर्णय गर्नुभएको दाबी गरेका छन् । मंगलबार माईतीघरमा नागरिक समाजद्वारा गोबिन्द केसी प्रक्राउको बिरुद्धमा ब्ययापक जनप्रदर्शन आयोजना गरिएको छ ।