मनोरञ्जन

चलचित्र ‘फिर्के’ हेरेपछि डाईरेक्टर मक्ख पार्नेगरी यस्तो आयो सञ्चारमन्त्री बस्नेतको प्रतिकृया

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्र ‘फिर्के’ समाजका विकृति हटाउन सन्देशमूलक रहेको बताए ।

‘फिर्के’ कथानक चलचित्रको आज प्रिमियर सो हेरिसकेपछि मन्त्री बस्नेतले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कुनै पनि व्यक्तिसँग भएको प्रतिभा प्रस्फुटनका लागि सबैको सहयोगको आवश्यकता र प्रोत्साहनको खाँचो औँल्याउदै सम्भव भएसम्म त्यस्ता व्यक्तिलाई सबैले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।
चलचित्र विकास बोर्डका अध्यक्षमा गरिएको नियुक्तिका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाका बारेमा उनले त्यो सरकारको नियमित काम भएको र सक्षम व्यक्ति चयन गरिएको बताए ।

चलचित्रमा गाउँबाट शहरमा आउँदा सामान्य मानिसले भोग्नुपर्ने समस्या र सतर्कताबाट सन्देश दिइएको छ । सुलेमान शंकरको मुख्य भूमिका रहेको सो चलचित्रका निर्मातामा ॐलाल गुरुङ र राजेश श्रेष्ठ तथा निर्देशकमा रवि डंगोल छन् । सुलेमानले यसअघि ‘इकु १’ र ‘इकु २’को निर्माण गरी सफलता प्राप्त गरिसकेका छन् ।