आर्थिक

हिमालयन जनरल ईन्स्योरेन्स आफ्नै कर्पोरेट भवनमा

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २४ वर्ष पूरा भएसंगै काठमाण्डौंको बवरमहल स्थित आफ्नै स्वामित्वको करिब साढे दुई रोपनी जग्गामा कम्पनीको कर्पोरेट भवन निमार्ण गर्ने प्रकृया शुरु गरेको छ ।

भवन डिजाईनको लागि सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना) संग सम्झौता गरिएको छ । शो सम्झौता पत्रमा कम्पनीका कार्यकारी अधिकृत सुशील बज्राचार्य र सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना)का अध्यक्ष सुमन नाथ बैद्यले हस्ताक्षर गरे ।

कम्पनीले निर्माण गर्ने भवनको डिजाईन प्रतियोगिताको आधारमा छनौट गरिने बताएकोछ । सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना)ले आव्हान गरिने भवन डिजाईन प्रतियोगितामा नेपाल ईन्जिनियरिङ काउन्सिलमा दर्ता भएका सदस्य आर्किटेक्टस् व्यक्ति वा फर्मले सहभागी जनानेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई १ लाख ५० हजार र दुई जनालाई सान्त्वना पुरस्कार जनहि ५० हजार रुपैयाँ दिइने छ । उत्कृष्ट डिजाईनरलाई प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाईन कार्यमा समेत संलग्न गराईने छ ।

कम्पनीले आप्mनो २५औं वर्ष प्रवेशका अवसरमा घोषणा गरेको सामाजिक दायित्वका लक्ष्य अनुरुप यस डिजाईन प्रतियोगिताले नेपालका नवोदित युवा आर्किटेक्टहरुलाई समेत आप्mनो प्रतिभा देखाउन समान अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।