आर्थिक

एनआईसी एशियाको २ नयाँ शाखाहरु आँबुखैरेनी र गोरखामा

काठमाण्डौ । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु उद्यघाटन गरेको छ । नयासाखाहरुमा आँबुखैरेनी गाँउपालिका वडा नं. ०३, आँबुखैरेनी, तनहुँ र गोरखा नगरपालिका वडा नं ०६, हरमटारी, गोरखामा सोमबार एक समारोहकाबिच औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न गरेको छ ।

आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाबाट आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीबाट गोरखा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको बैंकले जनाएको छ ।