पु.समाचार

सर्बोच्च अदालत र प्रधानन्यायधीश बिरुद्ध अनशन बस्ने डा केसी पक्राउपछि यसरी परे प्रहरीको खोरमा

काठमाडौँ । प्रहरीले अनशनरत वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीलाई पक्राउ गरेको छ ।  आजदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेका प्रा. डा. केसीलाई आजै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए । डा केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै अवहेलनाको मुद्दामा प्रा. डा. केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो ।

चार बर्ष अगाडि त्रिभूवन बिश्वबिद्यालय चिकित्सा शिक्षा अध्ययन शाश्त्रको डिनमा नियुक्त भएर बर्खास्तगीमा परेका शशी शर्मालाई पुनःबहाली गर्ने सर्बोचच अदालतको फैसला आएपछि डा. केसी सर्बोच्च अदालत र प्रधानन्यायाधीश गोपाल पराजुली बिरुद्ध खनिदै अनशन बस्ने बताएपछि उनलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको हो । कानुनमा अदालत बिरुद्ध बोल्ने जोकोहीलाई मानहानी मुद्धा लाग्ने भएपनि डा. केसीले प्रधानन्यायाधीश बिरुद्ध बिज्ञप्ती नै जारी गरेर बिरोध जनाएपछि समस्यामा परेका हुन् ।