आर्थिक

सिटिजन्स बैंकको बैंकिङ सेवा स्तरोन्नति

काठमाण्डौ । सिटिजन्स बैंकले आफ्नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोन्नती गरी, नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा ”Citizens Smart Banking” शुरुवात गरेको छ । यस नयाँप्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट जिपिआरयस अथव वाईफाई प्रयोग गरेर समेत कारोबार गर्न सकिने छ ।

यस मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको रकम भुक्तानी गर्न, यस बैंक भित्रको खाताबाट यसै बैंकको अर्को खातामा अथावा कुनै अर्को बैंकको खातामा (४० वटा विभिन्न बैंक, बिकास बैंक तथा वित्त कम्पनी) रकमट्रान्सफर गर्न, स्कुल, कलेजआदिको शुल्कतिर्न साथै क्रेडिट कार्डको रकम भुक्तानगर्न समेत सकिने छ ।

हाल Android मोबाइल प्रयोगकर्ताको लागि Play Store मा Citizens Smart Banking App उपलब्ध रहेको छ भने iPhone प्रयोगकर्ताको लागि केही समय पश्चात यो सेवा उपलब्ध हुनेछ ।