पु.समाचार

देशको नेतृत्व गर्ने सिंहदरबारबाट हुन्छन् यस्ता घिन लाग्दा काम !

काठमाण्डौ । देश चलाउने प्रधानमन्त्री बस्ने ठाउँमा दिनहुँ चोरीका घटना बढ्न थालेपछि सुरक्षा चुनौति बढ्न थालेको छ । देशकै ठुलो सरकारी कार्यालय रहेको स्थानमा चोरीका घटना बढेपछि सुरक्षा निकाय नै हैरानीमा पर्न थालेका छन् ।

आइतबार राति शान्ति तथा पुननिर्माण मन्त्रालयको क्यान्टीनबाट नगद ४२ हजार चोरी भएको छ । विश्वराज सिलवालले सञ्चालन गरेको उक्त क्यान्टीनमा चोरी भएपछि उनले महानगरिय प्रहरी वृत्त, अनामनगरमा उजुरी दिएपछि चोरीको घटना सार्वजनिक भएको हो ।

सिंहदरबार प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कपिल बोहराले सिंहरदरबारको सुरक्षा नियालिरहेका छन् । सुरक्षाका दुष्टिले महत्वपूर्ण मानिएको सिंहदरबार क्षेत्रबाट चोरीका घटना हुनु लाजमर्दो भएको स्वयम् प्रहरी नै स्वीकार गर्छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला गाउँगाउँमा सिंहदबारको अधिकार पुगेको र जनताले अधिकारसँगै शान्ति सुरक्षा पाएको घोषणा गरेका थिए । तर त्यही सिंहदरबारमा दिनहुँ चोरीका घटना बढ्न थालेपछि सरकारको शान्ति सुरक्षामा नै प्रश्न उठ्न थालेको छ ।

केही समय अगाडि सिंहदरबार परिसरबाटै हाइलक्स गाडीको चार वटै टाएर चोरी भएको थियो । स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेव जोशी चढ्ने बा २ झ २९२७ नम्बरको गाडीको टायर उनकै ड्राइभरले चोरेका थिए ।

त्यो भन्दा अगाडि एक वरिष्ठ कर्मचारीको मोबाइल र एक लाख नगद चोरी भएको थियो । त्यस्तै केपी ओली प्रधानमन्त्री भएका बेला सिंहदरबारलाई हरियालीयुक्त बनाउने भन्दै बोधीचित्तका विरुवा रोपेका थिए । ति विरुवा पनि केही समयपछि चोरी भएको घटना बाहिरिएको थियो । यी घटना त नमूना मात्र हुन् यस्ताचोरीका घटना धेरै हुने ठाउँको रुपमा परिचित भइसकेको छ सिंहदरबार ।

सुरक्षा निकायको लापरवाहीका कारण चोरीका घटनामा वृद्धी भएको स्वयम् सुरक्षाकर्मीहरु स्वीकार गर्न पछि पर्दैनन् ।