पु.समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह र लखनउका मुख्यमन्त्रीबीच भेट

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह र लखनउका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।

सुदुरपश्चिम भ्रमणमा रहेका शाह हिजो(आइतबार) त्यहीबाट लखनउ प्रस्थान गरेका थिए । भेटमा शाहलाई आदित्यनाथले दोसल्ला र कुम्भको लोगो उपहार दिएका छन् ।

मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जाल विट्रमार्फत नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहसँग लखनऊको सरकारी कार्यालयमा भेट भएको कुरा उल्लेख गरेका छन् । यी दुईको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।