आर्थिक

जनजागृति माविका लागि एक करोड आर्थिक सहयोग जुट्यो

money

बागलुङ । जनजागृति माध्यमिक विद्यालय बागलुङले हीरक जयन्तीका अवसर पारेर झण्डै रु एक करोड आर्थिक संकलन गरेको छ ।

स्वदेश तथा विदेश गरी हालसम्म विद्यालयलाई रु ९२ लाख आर्थिक सहयोग जुटेको विद्यालयका शिक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिए ।

गल्कोट नगरपालिका–८ काँडेबासमा रहेको जनजागृति माविको ६० औँ वर्ष पूरा गरेको अवसरमा यही माघ १० देखि १४ सम्म हीरक जयन्ती मनाउन गइरहेको छ ।

हीरक जयन्ती नजिकै आउन लाग्दा विद्यालयले स्वदेश तथा विदेशमा विभिन्न शहर बजारमा हीरक जयन्तीको प्रचारप्रसारसँगै आर्थिक संकलनलाई तीव्रताका साथ अगाडि बढाइएको विद्यालयका प्राचार्य तेजिन्द्र बुढाथोकीले जानकारी दिए ।