राजनीति

शितल निवास पुगेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले दिइन् यस्तो सुझाव, के भनिन् ?

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्या भण्डारीबीच भेट भएको छ ।

सोमबार शितलनिवासमा भएको भेटमा राष्ट्रपतिले चाँडै प्रदेशको अस्थायी मुकाम तोक्न आग्रह गरेकी थिइन् । वाम गठबन्धनबाट सहमति नआएको र प्रदेश राजधानीको माग गर्दै आन्दोलन गर्दै सरकारले प्रदेश प्रमुख मात्र नियुक्ती गर्ने योजना बनाएको थियो ।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा शितल निवास पुगेका थिए । राष्ट्रपतिले जनतालाई पायक पर्ने ठाउँमा प्रदेश राजधानी तोक्न निर्देशन दिएकी थिइन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सरोकारवाला पक्षहरुसँग छलफल गरेर अस्थायी मुकाम तोकेर अगाडि बढे राम्रो हुने प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

साथै प्रधानमन्त्रीले राष्ट्रिय सभाको निर्वाचनको विषयमा राष्ट्रपतिलार्य जानकारी गराएका थिए । राजनीतिक दलहरुसँग सहमति जुटे आजै प्रदेश प्रमुखको नियुक्ती गर्ने देउवाको तयारी थियो ।