पु.समाचार

पूर्वसेना र प्रहरीलाई दर्ता नै नभएका यी म्यानपावरले लुट्नसम्म लुट्यो

काठमाण्डौ । म्यानपावर दलालहरुले नयाँ तरिकाले सर्वसधारणदेखि नेपाली सेना र प्रहरीका पूर्व अफिसर तथा जवानलाई ठग्ने गरेको खुलासा भएको छ । विभिन्न देशमा सेक्युरिटी गार्डमा राम्रो जागिर मिलाई दिने भन्दै लाखौं रुपैयाँ उठाएर सम्पर्क विहिन हुनेगरेको पाइएको छ ।

दर्ता समेत नभएको एक म्यान पावरका संचालकहरुले सेवाबाट अवकाश भएका पूर्वआर्मी र प्रहरीका अफिसर र जवानहरुलाई सिसिएल भन्ने ठाउँमा सेक्युरिटी गार्डका लागि पठाई दिने भन्दै ५० हजारदेखि एक लाखसम्म रुपैयाँ असुल गरेक छन् । सिसिएल भन्ने ठाउँबाट काम नभएपछि इराक, अफगानस्थान, यूएइ पठाउने भन्दै झुलाउँदै आएको तर ६ महिना हुँदासम्म पनि सम्पर्कमा नआएपछि उनीहरु घर न घाटका भएका छन् ।

विदेशमा रोजगारीका लागि पठाउने भन्दै दर्जनौँ युवाहरुबाट रुपैयाँ उठाएर म्यान पावर दलाल सम्पर्क्विहीन भएका थिए । क्रिटल म्यानपावरका अध्यक्ष तिलक गुरुङ, संचालक गोपाल गुरुङ, अनिल महतो र एजेण्ट सोम गुरुङले सामुहिक रुपमा ठगी गरेको पीडित युवाहरुले बताए ।

काठमाण्डौको चप्पल कारखाना नजिकै कार्यलय स्थापना गरेर गोपाल गुरुङलगायतको टिमले सोझासाझा युवाहरुलाई ठग्ने गरेको पाइएको छ । सम्पर्क कार्यलय भनेर काठमाण्डौको चप्पल कारखानामा स्थापना गरेर पैसा उठाउने तर विदेश नपठाई फरार हुने गरेको पीडित पूर्वआर्मीले बताएका छन् । क्रिस्टिल म्यानपावरको नाममा उनीहरुले कारोवार गर्ने गरेको तर त्यो नामको कम्पनी सरकारको कुनै पनि निकायमा दर्ता नभएको पाइएको छ ।

गैरकानुनी रुपमा पैसा उठाउँदै सम्पर्कविहीन भएका त्यसका संचालकहरुसँग सम्पर्क गर्दा एक अर्कालाई दोषी देखाउँदै पन्छिएका थिए । उक्त म्यानपावरमा मुख्य भनेर बाहिर देखिएका गोपाल गुरुङले पैसा अफिसमा नआएको र फिर्ता दिन नसक्ने बताउँछन् । त्यस्तै अर्का संचालक सोम गुरुङले आफ्नो खातामा जम्मा भएको पैसा अफिसमा बुझाएको र गोपाल गुरुङले आफूलाई फसाउन खोजेको ओरोप लगाए । सोही समूहका अनिल महतोलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

पैसा उठाउनेमा मुख्य योजनाकार गोपाल गुरुङ हुन भने पैसा असुल्ने अनिल महत्तो हुन् । त्यस्तै पैसा उठाउन सोम गुरुङ, अनिल महत्तोे र उनकी आफन्त विन्दु महत्तोको बैंक खाता प्रयोग गरि ठगी गरेका हुन् ।

क्रिस्टिल म्यानपाव नाकको संस्था सरकारको कुनै पनि निकायमा दर्ता भएको छैन् । दर्ता विना नेपाल सरकारलाई चुनैती दिँदै उनीहरुले सामुहिक रुपमा ठगी गरिरहेका छन् ।

उक्त म्यानपावरका संचालकले दर्जनौं पूर्वआर्मीहरु तथा प्रहरीलाई ठगेर सम्पर्क्विहीन भएका छन् । पुर्वूआर्मी तथा प्रहरी मात्र होइन अन्य सय भन्दा बढी युवाहरुलाई ठगेको भेटिएको छ । उनको कार्यलयमा दैनिक दर्जनौँ पीडित युवाहरु आएर खोजी गरिरहेका छन् ।

पीडित युवाहरुमा पूर्वआर्मीहरु नगेन्द्र शाही, नरेश प्रसाईं, लक्ष्मी बन्जारा, अर्जुन कटुवाल, विरवहादु तामाङ, ओम बहादुर गुरुङ, टेकबहादुर थाम, अनिल पौडेल, मिन पाण्डे रहेका छन भने दिपेन्द्र शाहीलगायत दर्जनौं पुर्वप्रहरीसहित सर्वसाधारणहरु ठगीएका छन् । उनीहरुबाट पचास हजारदेखि एक लाख साठ्ठी हजारसम्म पैसा उठाएर सम्पर्कविहीन भएको पीडितले बताएका छन् । सम्पर्क गर्दा फोन नउठाउने तर नयाँ नम्बरबाट फोन उठाउने तर चिनेपछि काटिदिने पीडितहरुले गुनासो गरेका छन् ।

केही दिनअघि पीडितहरुले क्रिस्टिल म्यानपावरमा कार्यलयमा तालाबन्दी गरेका छन् । दर्जनौं युवाहरुको पैसा खाएपछि पीडित युवाहरुको टिमले उक्त कार्यलयमा तालाबन्दी गरेर आफ्नो पैसा असुलेका हुन् । तालाबन्दीपछि उक्त म्यानपावरले १४ लाख रुपैयाँ तिरेको छ भने अझैं दर्जनौं युवाहरुको फिर्ता गरेको छैन । अहिले कार्यलयमा कोही पनि कर्मचारी छैनन् ।

म्यानपावरका मालिकहरु चुनावको वहाना गर्दै काठमाडौं वाहिर भएको भन्दै पन्छिने गरेका छन् । हरेक दिन उक्त म्यानपावरमा १५ देखि २० जना पिडितहरु पैसा असुल्न आउने गरेको र अफिसमा कोही नभएपछि रित्तो हात फर्किने गरेको एक अर्का पिडित यूवाले गुनासो गरे ।

सामुहिक ठगी

क्रिस्टिल म्यानपावरका चारजना संचालकले सबै युवाहरुलाई सँगै राखेर सोमराज गुरुङको खातामा रुपैयाँ जम्मा गर्न लगाएको पीडित नगेन्द्र शाहीले बताए । उनीहरुले बैंकको पहुँचअनुसार गुरुङको खातामा पैसा पठाएको र बैंकको पहुँचभन्दा टाढा रहेका युवाहरुले अनिल महत्तोको आफन्त विन्दु महत्तोको खातामा पैसा बुझाएको बताएको शाहीले बताए । तर, अहिले अनिल महत्तोले आफ्नो मोवाइल नम्बर ब्ल्याक लिस्टमा राखेका छन् भने गोपाल गुरुङले पैसा कार्यालयमा नआइपुगेको बताएका छन् ।

अझैँ पैसा उठाउँदै

पूर्वआर्मी तथा प्रहरीको पैसा असुलेका उनीहरुले अहिले पनि यो देश वा त्यो देश पठाईदिन्छु भन्दै रकम असुल्दै गरेको भेटिएको छ ।
काठमाडौँमा रहेर पैसा असुलिरहेका उनीहरुले पीडित युवाहरुसँग बाहिर छु भन्दै झुट बोलिरहेका छन् । पीडित युवाहरुले पिछा गर्दा विहिवार दिउँसो सामाखुसीबाट पैसा लिँदै गरेको भेटाएको बताइएको छ । विदेश पठाइन्दु भन्दा उठाएको रुपैयाँ घर जग्गामा लगानी गर्ने गरेको बताइएको छ ।

यी हुन ठगहरु

ठगहरुको समुहका कमाण्डर हुन् गोपाल गुरुङ । उनको वास्तविक घर सोलुखुम्बु हो । आजभोली उनी परिवार संगै काठमाण्डौमा बस्दै आएका छन् । त्यस्तै अर्का ठग हुन् अनिल महतो । महतो रुपन्देहीका हुन् उनी पनि काठमाण्डौमा म्यानपावरको नाममा ठगी गर्दै आएका छन् । त्यस्तै ठगहरुको लिस्टमा आउने अर्को नाम हो विन्दु महतो । उनी अनील महतोको आफन्त हुन् । उनी पैसा उठाउनका लागि प्रयोग भएकी महिला हुन् ।