स्वास्थ्य

वी.पी. प्रतिष्ठानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा शुरु भएको छ । स्वास्थ्य प्रति सचेत आम नागरिकहरुलाई ध्यानमा राखेर यस्तो प्याकेज सेवा शुरु गरिएको हो ।

यो सेवा शुरु भएवाट कुनै रोगको लक्षण देखिनु पूर्व नै नियमित स्वास्थ्य परिक्षण गरी स्वस्थ्य जीवन जिउने नागरिकको चाहना पूरा हुने विश्वास प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट चिकित्सकको रहोवरमा सामान्य (General)तथा विस्तृत (Comprehensive) स्वास्थ्य परिक्षण प्याकेज सेवाहरु सञ्चालन गरेको अस्पताल निर्देशक प्रा.डा. गौरी शकर साहले बताएका छन् ।

उनले प्रतिष्ठानको अस्पताल प्रशासनमा सम्पर्क राखी छिटो, छरितो र सहज ढङ्गवाट यो सेवा लिई लाभान्वित हुन इच्छुक सर्वसाधारण सबैलाई आग्रह गरेका छन् । सामान्य स्वास्थ्य परीक्षण प्याकेज शूल्क रु. ४ हजार र विस्तृत स्वास्थ्य परीक्षण प्याकेज शूल्क  ८ हजार निर्धारण गरिएको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए ।