राजनीति

पार्टी एकताको विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बालकोटमा

कठमाण्डौ । माअ‍ोवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ ।  पार्टीभित्र आन्तरिक छलफलमा जुटेको एमालेको स्थायी कमिटि बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने भएको हो ।

पार्टी एकता गर्ने विषयमा एमालेले मोडालिटी तयार गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए । यसका लागि कार्यदल गठन गर्ने तयारी छ ।

माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार साँझ ओली निवास बालकोटमा पार्टी एकताका विषयमा टलफल भएपछि एमालेले आन्तरिक छलफललाई तिव्रता दिएको हो ।

एकीकरणपछि प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय बैठकमा प्रवेश पाउने स्रोतको दाबी छ ।

मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी छ । भोलीको बैठकले प्रक्रियालाई टुंगोमा पुर्याकउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्याउने दुबै पार्टीका नेताहरुले बताएका छन् ।

यसैबीच एमालेसँग पार्टी एकताको विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका छन् ।