मनोरञ्जन

सुमन र अपेक्षाको माया यसरी झांगिएपछि…

काठमाण्डौ । चर्चित मोडल अपेक्षा बस्याल र गायक एवम मोडल सुमन परियार माया जालमा परेका छन । उनीहरुको माया जाल यतिसम्म गहिरिएको छ कि एक अर्काविना बांच्नै नसक्ने भएका छन् ।

मायाको कहानी अधुरो नछाडी कहानी मुना मदनको जस्तो अपुरो नछाडने बताएका छन् । यो कुरा उनको वास्तविक जिवनमा नभई रन्जु पाण्डेको लोकदोहोरी गित पुर्णिमाको जुनमा भेटाईएको हो ।

सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा बजारमा आएको लोक दोहोरी गित पुर्णिमाको जुनमा शारदा मरासिनी सरुको लय , रन्जु पाण्डेको शब्द रहेको गितमा लोकप्रिय गायिका सम्झना भण्डारी र प्रेम केसीको स्वर रहेको छ । मदन खडकाले निर्देशन गरेको गितको भिडीयोमा अपेक्षा बस्याल , सुमन परियार र चन्द्र पाण्डे नाचेका छन् ।

गितलाई टंक केसीले खिचेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका छन ।गितले सार्वजनिक भएको छोटो समयमा श्रोता दर्शकको राम्रो साथ पाएको छ ।

गितको भिडीयो हेर्नका लागी यो लिंकमा क्लिक गर्नुहोला ।