पु.समाचार

४० लाख रुपैयाँ हिनामिना गर्ने सिभिल बैंकका कर्मचारी पक्राउ

काठमाण्डौ । प्रहरीले बैंकको रकम दुरुपयोग गर्ने कर्मचारीलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिभिल बैंक बौद्ध शाखामा कार्यरत कर्मचारी महेश्वर डंगोललाई पक्राउ गरेको हो । उनले बैंकको ४० लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेका छन् । उनलाई बैंकिङ कसुर ऐन अन्र्तगत कारबाही अगाडि बढाइएको छ ।