स्वास्थ्य

काठमाण्डौ उपत्यकामा देखियो डरलाग्दो रुघाखोकी

काठमाण्डौ । नेपालभर चिसो भएसँगे काठमाण्डौ उपत्यकाका कडा खालको खोकी देखा परेको छ । हाल देखिएको खोकी सामान्य एन्टीबायोटिकले निको नहुने र लामो समयसम्म निको नहुने शुक्रराज ट्रपिकल सरुवा रोग महाशाखाले जनाएको छ ।

रुघा खोकीका कारण दुईसातादेखि अस्पतालमा उपचार गराउन आउनेको संख्या बढेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

अन्य सामान्य रुघाखोकी एक हप्तामा निको हुने भएपनि हाल देखिएको खोकी ३ हप्तासम्म पनि निको नहुने उनले बताए । उपत्यकामा देखिएको धुलोधुवाँ पनि रुघाखोकीको मुख्य कारण भएको डा. पुनको भनाई छ । अहिले दिनहुँ २५ देखि ३० जनाको संख्यामा उपचार गराउन आउने अस्पतालको तथ्याङ्क छ ।