प्रवास

अमेरिकामा सुबोध घिमिरेको ‘एकल चित्रकला प्रदर्शन’

डीसी । नेपाल प्रहरीमा २८ वर्ष काम गरी निवृती लिएका चर्चित चित्रकार सुबोध घिमिरेले अमेरिकाको डीसीमा महानगर क्षेत्रमा अमेरिकामा नै आएर बनाएका चित्रहरुको ‘एकल चित्रकला प्रदर्शन’ गरेका छन् ।

गत जनवरी ५ शुक्रबारका दिन सुरु भएको उनको एकल चित्रकला प्रदर्शन जनवरी २६ तारिखसम्म चल्ने छ ।

काठमाण्डौ घर भएका कलाकार घिमिरेले ‘पीस इन एब्सट्राकसन्’ अर्थात् ‘कल्पनामा शान्ति’ नामक मूल बिषयमा राखिएको उक्त एकल प्रदर्शन डीसी नजदिक आर्लिंगटनको फोकस ग्यालरीमा राखिएको छ । उनी लगायत अन्य बिदेशी कलाकारहरुको पनि उक्त चित्रकला कक्षमा प्रदर्शन गरिएको छ ।

यसको साथै उनले यसलाई नै पेशाको रुपमा लाने प्रतिबद्धता जाहेर गरेका छन् । अमेरिकामा यसरी चित्रकलालाई नेपालबाट आएर पेशाको रुपमा बनाउनु ठूलो अर्थ राख्दछ ।

उनले प्रदर्शनमा राखिएका सवै चित्रहरु अमेरिकामा बनाएको भन्दै यसलाई निरन्तरता दिने बताएका छन् । उनका प्रदर्शनमा राखिएका चित्रकलाहरु ४ सय डलरदेखि २७ सय डलरसम्म मूल्यका रहेका छन् ।