पु.समाचार

योगी आदित्यनाथलाई भेट्न पूर्व राजा ज्ञानेन्द्र शाह लखनऊ प्रस्थान

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह लखनऊ प्रस्थान गरेका छन् । सामाजिक भ्रमणमा करीब साढे १० बजे गाडीबाटै नेपालगञ्‍जबाट त्‍यसतर्फ प्रस्थान गरेको होटल निकट स्रोतले जानकारी दिएको छ ।

गोरखनाथस्थित गोरखनाथ पिठप्रमुख एवं उत्तर प्रदेशका मूख्यमन्त्री समेत रहेका योगी आदित्यनाथसँग पूर्व राजा ज्ञानेन्द्रको भेटघाट हुने अनुमान गरिएको छ ।

यसअघि पाँच दिनदेखि नेपालगञ्जमा बसेका उनी धनगढी समेत पुगेर शिवपुरी धामको दर्शन र पूजाआजा गरेका थिए ।