पु.समाचार

पूर्व सांसद बाबुराम पोखरेलको निधन

काठमाण्डौ । पूर्व सांसद डा. बाबुराम पोखरेलको निधन भएको छ । ६३ वर्षीय पोखरेलको आइतबार बिहान निधन भएको हो ।

एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि पोखरेललाई उपचारका लागि ललितपुरको सानेपामा रहेको उनको निवासबाट नर्भिक अस्पताल ल्याइएको थियो । तर बीचबाटोमै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पोखरेल केहि वर्षदेखि श्वासप्रश्वास तथा मुटुको रोगबाट पीडित थिए ।

पोखरेल२०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद भएका भएका थिए ।

उनी भिएस निकेतनका संस्थापक प्रिन्सिपल र उच्च माध्यामिक विद्यालय संघ(हिसान) का पूर्व वरिष्ठ उपाध्यक्षसमेत हुन् ।