पु.समाचार

हत्या गरिएका पौडेलको शव बुझ्न परिवारले मानेन्, छानबिन टोली झारा टार्न मात्रै बनाइएको आरोप

रुपन्देही । गते शुक्रबार बिहान गोली हानेर हत्या गरिएका एमालेका कार्यकर्ता बसन्त पौडेलका परिवारले शव बुझ्न मानेका छैनन् । हत्यामा संलग्नलाई पक्राउ गरेर कारवाही नगरेसम्म शब नबुझ्ने परिवारले अडान छ ।

घटना छानबिन गर्न प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय टोली बनेको भएपनि छानबिन टोली झारा टार्न मात्रै बनाइएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले बताए । प्रहरीले भने घटनाको अनुसन्धानलाई तिव्र बनाएको जनाएको छ ।

हत्याको शनिबार विभिन्न संघसंस्थाले विज्ञप्ति निकालेर भत्सना गर्दै पेशागत सुरक्षाको माग गरेका थिए । आज पनि बुटवलका बिभिन्न सामाजीक संघ संस्था र घटनाको विरोधमा दवाबमुलक कार्यक्रम गर्ने जनाएको छ ।

हत्याको विरोधमा अनिश्चितकालीन रुपन्देही बन्दको आह्वान गरेको एमाले भातृसंस्था युवा संघले शनिबार साझ साढे सात बजेबाट बिहान सात बजेसम्म बन्द फिर्ता लिए पनि अहिले रुपन्देहीमा सवारी साधन चलेका छैनन् ।