खेलकुद

भलिबलको उपाधि छन्त्याल र दर्शनलाई

बागलुङ । बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्स्ट्रक्सन बागलुङले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल भलिबल संघ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै छन्त्यालले जित निकालेको हो । जितसँगै छन्त्यालले ट्रफीसहित नगद पुरस्कार रु एक लाख एक हजार १११ प्राप्त ग¥यो भने उपविजेता पश्चिमाञ्चल भलिबल संघले ट्रफीसहित नगद ५५ हजार ५५५ हात पारेको छ ।

क्षेत्रीय खेलाडी रहेको पश्चिमाञ्चल भलिबल संघ प्रतियोगिताको सशक्त टिम मानिएपछि फाइनलमा नमिठो हार व्यहोरेको छ । प्रतियोगितामा गलकोट नगरपालिकालाई पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाएको २३ नं बाहिनी बागलुङले ट्रफीसहित नगद २० हजार ५५५ प्राप्त गरेको छ ।

यस्तै महोत्सवको अर्को आकर्षण खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि दर्शन ट्रान्सपोर्ट बागलुङले हात पारेको छ । फाइनल खेलमा नेपाल खेलकुद महासंघ बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै दर्शनले जित प्राप्त गरेको हो ।

जितसँगै दर्शनले ट्रफीसहित नगद रु ७४ हजार ४४ प्राप्त ग¥यो भने उपविजेता खेलकुद महासंघले ट्रफीसहित नगद रु ३० हजार ५५५ हात पा¥यो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको दर्शनमा मञ्जु गुरुङ, रमिला तण्डुकार, कृपा अधिकारी, अरुणा शाही ठकुरीलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै, उपविजेतामा चित्त बुझाएको खेलकुद महासंघमा सशत्र प्रहरीकी निशाना बडाललगायत जावलाखेल भलिबल तालीम केन्द्रका खेलाडी थिए ।

प्रतियोगितामा गलकोट नगरपालिकालाई हराउँदै तृतीय स्थान ओगटेको वाइसियल बागलुङले ट्रफीसहित नगद रु २० हजार ५५५ प्राप्त गरेको छ । विजेता समूह दर्शन ट्रान्सपोर्टकी स्पाइकर रमिला तण्डुकार प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै नगद रु पाँच हजार प्राप्त गरे । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस १४ गतेबाट शुरु भएको महोत्सव आजसम्म चल्नेछ ।