राजनीति

प्रदेशको राजधानी तोक्ने बिषयमा सरकार ब्याक, पछिल्ला सम्भाबित राजधानीहरु यस्ता छन् !

निशेष खनाल
काठमाण्डौ । सरकारले प्रदेशको राजधानी तोक्न नसक्दा बहस पेचिलो बन्दै गएको छ । चिया पसलदेखि उच्च राजनीतिक नेतृत्व सम्म प्रदेश राजधानीको बहसमा जुटेका छन् । नेताले आफ्नो राजनीतिक स्वार्थ केन्द्रमा राखेर विभिन्न शहरको नाम चर्चामा ल्याएका छन् ।
साथै प्रदेश राजधानीको माग गर्दै आफ्नो घरछेउमा वा आफनो क्षेत्रलाई मध्यनजर गर्दै देशव्यापी प्रर्दशन भईरहेका छन् । सरकारले अस्थायी राजधानी तोक्ने हल्ला चलिरहँदा सबैे आपप्नो घरपायकलाई सहज हुने गरी राजधानी राख्नुपर्ने माग गर्दै हड्तालमा उत्रिरहेका छन् ।
अस्थायी राजधानी तोक्न आआफ्नो स्थानबाट आएको दबाबलाई सम्हाल्न नसकेको सरकारले प्रत्येक क्याबिनेट बैठकमा प्रदेशको राजधानी तोक्न सकिरहेको छैन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको राजधानी तोक्न आनाकानी गर्नु आफ्नो पार्टीले मंसिर १० र २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा आफ्नो पाटीले हार खानु मुख्य कारण रहेको टिप्पणी गर्न सकिन्छ । प्रदेश राजधानी तोकेर जनतासँग थप अलोकप्रीयता कमाउने चाहनामा देउवा सरकार नरहेको प्रधानमनत्री कार्यालय स्रोतको दाबी छ । काठमाण्डौलाई नै ७ वटै प्रदेशको राजधानी तोकेको भनिएपनि उक्त कुरा सत्य नभएको सरकारको एक प्रभाबशाली मन्त्रीले बताएका छन् । प्रदेशको राजधानी तोक्ने, नामाङकरण गर्ने कार्य अब बन्ने सरकारलाई दिने बिषयमा काँग्रेसले आन्तरिक रुपमा सहमती गरिसकेको बताईन्छ । बैठक राख्नका लागि अस्थायी स्थान भने सरकारले तोक्ने बाणीज्य मन्त्री मीन बिश्वकर्माले सुर्यखबरलाई बताए ।
अब प्रदेशका सम्भाबित राजधानी काँहा होलान त ?

प्रदेश नम्बर-१
प्रदेश नम्बर एकको राजधानी धनकुटा राख्नुपर्ने मागसहित धनकुटाबासीले प्रदर्शन र अनशन गरिरहेका छन् । सरकारले प्रदेशको राजधानी कहाँ राख्ने भनेर आधिकारीक निर्णय सार्वजनिक नगर्दै स्थानीयहरु प्रर्दशनमा उत्रिए । प्रदेश नम्बर १ को राजधानी माग गर्दै धनकुटाको अलवा सुनसरीको शहर धरान, ईटहरी, ईनरुवा, बराहनगरपालिका, दुहबी, दमक, बिर्तामोड र बिराटनगरको माग गर्दै स्थानीयबासीले प्रदर्शनहरु गर्दै आईरहेका छन् ।
धनकुटा भौतिक पूर्वाधार भएको र सरकारी कार्यालय पनि बढी भएकाले धनकुटालाई नै प्रदेश नम्बर एकको राजधानी तोक्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलन भईरहेका छन्। सरकारले विराटनगरलाई प्रदेश नम्बर १ को अस्थायी राजधानी तोक्ने सोध बनाएपनि उक्त निर्णयबाट सरकार पछि हटेको छ ।
मुख्यमन्त्री बस्नको लागि भौतिक पूर्वाधार विराटनगरमा भएको र तत्काल भौतिक पूर्वाधार निर्माण गर्न नपर्ने निष्कर्ष निकाल्दै बिराटनगरका राजनीतिक शक्तीकेन्द्रहरुले तर्क प्रश्तुत गरिरहेका छन् । विज्ञहरुको बिचारमा भने बिराटनगरबाट भारतको बोर्डर नजिक हुने हुँदा बोर्डरको नजिक राजधानी राख्नु मनाशिब नहुने दाबी छ । ईटहरीलाई सम्भाबित राजधानीको रुपमा हेरिएको छ । सबैलाई पायक पर्ने, भौतिक पुर्बाधार, प्रदेश नम्बर १ को बीच भएकोले ईटहरीको सम्भाबना रहेको अनुमान लगाईन्छ ।

प्रदेश नम्बर-२
बिजयकुमार गच्छदार बिरगञ्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने बिचारमा छन् भने काँग्रेसका अर्का नेता बिमलेन्द्र निधी जनकपुरलाई राजधानी बनाउन लविङ गरिरहेको स्रोतको दाबी छ । निधीलाई पराजित गर्ने राजपा नेता राजेन्द्र महतो पनि प्रदेश २ को राजधानी जनकपुरलाई बनाउनुपर्ने मनशायमा भएको बताईन्छ । मुख्यमन्त्रीका दाबेदारहरु नै राजधानी आफ्नो नजिक बनाउने कसरतमा लागेका छन् । संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत र राष्ट्रिय जनता पार्टी नेपालका नेता जितेन्द्र सोनल वीरगन्जमा पक्षमा छन् भने राजपाका महासचिव मनिष सुमन र फोरम नेता विजय कुमार यादव जनकपुरका पक्षमा छन् ।
संविधानले राजधानी तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभा सदस्यको दुई तिहाईले मात्रै प्रदेश राजधानीको तोक्ने व्यवस्था संविधानमा छ । राजपा महासचिव मनिष सुमनले हरेक दृष्टिकोणले जनकपुर नै प्रादेशीक राजधानीका लागि उपयुक्त हुने बताइसकेका छन् ।
उनले सदभावना पार्टीको स्थापना नै जनकपुरलाई मधेशको केन्द्र बनाउने ‘लाइन’ भएको बताएका थिए । मनिष सुमन राजपाका तर्फबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।
प्रदेश नम्बर २ को राजधानी बनाउन बिरगञ्ज रर जनकपुरका ब्यापरीहरु आफ्नो स्थानलाई बनाउन जिउज्यान दिएर लागेका छन् । उक्तस्थानमा स्थानीयद्वारा बिभिन्न आन्दोलनहरु भईरहेका छन् ।

प्रदेश नम्बर ३ को राजधानी
प्रदेश नम्बर तीनको राजधानी माग गर्दै सबै नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रेका छन् । कतिपयले प्रदेश नम्बर ३ को राजधानी उपत्यका बाहिर बनाउनुपर्ने माग गरेका छन् । भने उपत्यकालाई राजनीतिक थलो बनाउनेहरुले भक्तपुरलाई प्रदेशको राजधानी बनाउन पहल सुरु गरिसकेका छन् । भक्तपुरबाट नवनिर्वाचित सांसदहरुले भक्तपुरमा राजधानी बनाउन जग्गासमेत ठिक्क पारिसकेका छन् । उनीहरुले भक्तपुर ठिमीमा रहेको १० रोपनी जग्गा प्रदेश राजधानी बनाउन उपयुक्त हुने धारणा सार्वजनिक गरिसकेका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ नं. को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका महेश बस्नेतले भक्तपुरको सानोठिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँटाटायल कारखाना लगायतका क्षेत्रमा ३ नं. प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली समेत भक्तपुरलाई ३ नं. प्रदेशको अस्थायी राजधानी तोक्न राजी भएर मुख्य सचिव र सम्बन्धितहरुसँग कुरा गरिसकेकाले अब भक्तपुरमा नै अस्थायी राजधानी हुने नेता बस्नेतले बताएका थिए ।
मध्यमाञ्चलको क्षेत्रीय कार्यालय समेत रहेको मकवानपुरको हेटौंडालाई राजधानी बनाउन उपयुक्त रहेको एकथरी विज्ञहरुको दाबी छ । मकवानपूरबासीहरुले उक्त स्थानमा प्रदेशको राजधानी बनाउन आन्दोलन गरिरहेका छन् ।
चितवन क्षेत्र नम्बर ३ बाट चुनाव जितेका नेकपा माअ‍ोवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई प्रदेश नम्बर ३ को राजधानी बनाइने घोषणा गरिसकेका छन् । वाम गठबन्धनबाट सरकारमा जान लागेका दाहालको भनाईले पूर्णता पाए प्रदेश नम्बर ३ को राजधानी चितवन हुने धेरैको आँकलन छ । अध्यक्ष दाहालले निर्बाचन हुनु अगावै भरतपूरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउने कुरामा स्थान्ीय जनतालाई बिश्वास दिलाएका थिए ।
ललितपुर र बनेपाको समेत प्रदेश नम्बर ३ को राजधानीका लागि छलफल र राजनीधिक लविङ भईरहेको छ ।

प्रदेश नम्बर-४
४ नम्बर प्रदेशका राजधानी कहाँ राख्ने भन्ने विवाद चर्किरहेका बेला एमालेले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । एमालेका केही प्रभावशाली नेताहरुले पोखरालाई प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आएका छन् ।
प्रदेश नम्बर ४ को राजधानी पोखरा हुनुपर्ने र विकासका दृष्टीकोणले पनि अन्य जिल्लाभन्दा पोखरा उपयुक्त हुने धारणाहरु आइरहेका छन् ।
क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठन गरिएको कार्यदलले पोखरामा रहेका सरकारी कार्यालयमा नै प्रदेशसभा भवन, मुख्यमन्त्री र मन्त्रीहरुको कार्यालय तथा निवास व्यवस्थापन गर्ने सूचिसहितको सिफारिस सरकारलाई गरेको छ ।
प्रदेश नम्बर ४ को सवालमा भने प्रदेश नम्बर ४ को राजधानी पोखरा बनाउने प्रायः निश्चित जस्तै देखिन्छ ।
प्रदेश नम्बर ४ को प्रमुख विशेषता भनेको पानी हो । नदी र तालतलैया हो । जलाधार क्षेत्र हो । जलाधारसँग मानिसको सभ्यता गाँसिएको छ । विश्व सभ्यतालाई हेर्ने हो भने पानी र जलाधारसँग मानिसको जीवन गाँसिएको छ । पूर्वको बुढीगण्डकी, बीचका मस्याङ्गदी र पश्चिमको कालिगण्डकीसहित सप्तगण्डकी जलाधारका परिपूरक मादी, दराैदी, चेपे, सेती, मोदीलगायतका नदीहरुको जलाधारले प्रदेश नम्बर ४ को मानव जीवन र सभ्यतालाई बोकेको छ । प्रदेश संरचना र केन्द्रहरु निर्माण गर्दा यसलाई ध्यान दिन जरुरी छ । पव्रदेश नम्बर ४ को राजधानी बनाउन तनहुँ लगायतका जनताले आन्दोलन गरिरहेका छन् ।

प्रदेश नम्बर-५
ठूला राजनीतिक दलहरुको लविङमा प्रदेश नम्बर ५ को राजधानी माग गर्दै दिनहुँ प्रर्दशनमा उत्रिन थालेका छन् । मुख्यरुपमा ५ नम्बर प्रदेशको राजधानीका रुपमा दाङ, बुटवल मध्ये हुने अनुमान गरिएको छ ।
दाङबाट चुनाव जितेका नेकपा एमालेका नेता शंकर पोखरेल आफूलाई प्रदेश नमबर ५ को मुख्यमन्त्रीको दाबेदारका रुपमा अगाडि सार्छन् । उनले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाइने भन्दै भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो चुनावी मुद्दा बनाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन, कृष्णबहादुर महरालगायतका नेताहरुले कुनै पनि हालतमा प्रदेश नम्बर पाँचको राजधानी दाङ हुने दाबी गरिसकेका छन् । प्रदेश नम्बर ४५ का मुख्यमन्त्रीका प्रवल दाबेदार शँकर पोखरेल दाङकै स्थानीय भएकाले पनि ५ नम्बर प्रदेशको राजधानी दाङ बनाउन उनले पहल गरेको देखिन्छ । व्यापारीक दुष्टीले महत्वपूर्ण मानिएको बुटवल र कपिलवस्तु पनि प्रदेशको राजधानीका लागि उपर्युक्त देखिन्छन् । कपिलबस्तुमा अहिले राजधानी माग गर्दै प्रर्दशन भईरहेको छ । बुटबल र दाङ दुबै स्थानमा राजधानी बनाउन ठूलै राजनीतिक चलखेल भईरहेको देखिन्छ ।
बुटबल र दाङको तुलसीपुरको सम्भाबना बराबरी जस्तै छ ।

प्रदेश नम्बर-६
प्रदेश नम्बर ६ को राजधानीको माग गर्दै जिल्लाजिल्लामा आन्दोलन चर्किन थालेको छ । कतिपय नेताहरुले प्रदेश नम्बर ६ को राजधानी आ–आफ्नो जिल्लामा बनाउनुपर्ने माग राख्दै आन्दोलन चर्काउन चालेका छन् ।
प्रदेश नम्बर ६ को राजधानी कर्णालीमा नै हुनुपर्ने माग राख्दै जुम्लामा शुक्रबार राँके जुलुस गरिएको छ । नागरिक संघर्ष समिति जुम्लाले राँके जुलुस गरेको हो । जुम्ला टुँडिखेलबाट सुरु भएको राँके जुलुस बालमन्दिर, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय हुँदै उच्च अदालत जुम्लाअघि रोकिएको थियो । ६ नं. प्रदेशको राजधानी कर्णाली तोक, सामर्थ्य, पिछडिएको क्षेत्र कायम गर, भूगोलको अपमान गर्न पाइदैन भन्ने नारा लगाएका थिए । वि.सं.१८४६ देखि कर्णालीलाई माथि उठ्न नदिएको उनको आरोप छ । नागरिक समाज जुम्ला संयोजक राजबहादुर महतले राजधानी लिएर पुच्छरमा घोषणा गर्ने षड्यन्त्र भएकोले त्यसको विरुद्ध आन्दोलनमा उत्रिएको बताए । ‘जबसम्म सरकारले हामीले राखेका मागको सम्बोधन गर्दैन, तबसम्म आन्दोलन जारी राख्छौं’, उनले भनेका थिए । सुर्खेतमा राजधानी दियो भनेर चुप नलाग्ने, यदि पेलेर लिन खोजे सर्वोच्च अदालतमा मुद्दा हाल्ने उनले बताए ।
यस्तै प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरलाइ एककथरीले उपर्युक्त ठानेका छन्, उक्त क्षेत्रका स्थानी समेत साम दाम दण्डभेद लगाए आफ्नो स्थानमा राजधानी बनाउन सकृय देखिएका छन् । सुर्खेत नै उपयुक्त हुने भन्दै विज्ञको टोलीले सरकामरलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रदेश नम्बर-७ को राजधानी
प्रदेश नम्बर ७ को राजधानी कैलाली राख्नुपर्ने माग चर्कोरुपमा उठ्न थालेको छ । सबैलाई पायक पर्ने ठाउँ भएको भन्दै एमालेबाट नवनिर्वाचित सांसद नारदमुनी राणाले कैलालीको अत्तरियालाई प्रदेश नम्बर सातको राजधानी उपयुक्त हुने धारणा सार्वजनिक गरिसकेका छन् । उनले भनेका छन्, ‘कैलालीको अत्तरिया प्रदेश नम्बर सात को राजधानी उपयुक्त हुन्छ सबैलाई पायक पर्ने ठाउँ भएकाले त्यहीँ राख्ने सोचमा छौं ।’
उनले भनाइमा अरु जिल्ला भन्दा कैलाली तराईको जिल्ला भौतिक पूर्वाधारयुक्त भएमाले समस्या हुँदैन् । पहाडी जिल्लामा राजधानी राख्न भौगोलिक असुगमताका कारण समस्या हुने उनको भनाई छ ।
प्रदेश राजधानीको माग गर्दै देशव्यापी आन्दोलन चर्किन थालेपछि सरकारले अस्थायी राजधानीसमेत नतोक्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको राजधानी नतोक्ने भएको हो ।
दिपायल सिलगढी प्रदेश नम्बर ७ को राजधानी बनउन शुक्रबारमात्र प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीयले ज्ञापनपत्र बुझाएका थिए ।
प्रदेश को राजधानीको बिषउमा कैलालीको सदरमुकाम धनगढी र दीपायल सिलगुढी मध्ये एकको सम्भाबना बढी देखिएको छ ।