आर्थिक

फर्निचर उद्योगमा ५० हजारलाई रोजगारी

काठमाण्डौ । मुलुकमा प्रयोग हुँदै आएका काष्ठजन्य सामग्री (फर्निचर) बजारको लगभग ५० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट पूर्ति हुँदै आएको छ ।

चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट करोडौँ मूल्यका फर्निचरका सामग्री आयात गर्दै आएको सम्बद्ध व्यवसायीले बताउँदै आएका छन् ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभामा वार्षिक रु २० अर्बको फर्निचर र फर्निसिङ सामग्री आयात हुँदै आएका छन् ।

महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाले नेपाली बजारमा फर्निचरको माग बढ्दै गएको फर्निचर खरिदमा अर्बौं रुपैयाँ विदेशिने गरेको बताए । स्थानीय आवश्यकतालाई पूरा गर्न नेपाली फर्निचर व्यवसायले विदेशी फर्निचरसँगको प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फर्निचर तथा फर्निसिङमा भएको परनिर्भरता हटाउन स्वेदेशी उद्योगलाई वढावा दिनुपर्ने बताए।

महासंघका अनुसार सम्पूर्ण व्यवसायको एक भाग ओगटेको फर्निचर उद्योगमध्ये काठमाण्डौ उपत्यकामा १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाएका छन् ।