राजनीति

सांसद पद माग्दै निवर्माचन आयोगमा निवेदन दर्ता

काठमाण्डौ । प्रदेश नम्बर २ मा थारु प्रतिनिधिको माग गर्दै माओवादीका थारु नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले प्रदेश नम्बर २ मा थारुहरु प्रतिनिधिहरु शून्य हुनेगरी पार्टीले प्रतिनिधि चयन गरेको भन्दै निवेदन दर्ता गराएका हुन् ।

दुई नम्बर प्रदेशमा ७ लाख बढी थारुहरु रहेको बताउँदै उनीहरुले समावेशिताअनुसार थारु प्रनिधिहरु चयन हुनुपर्ने माग गरेको छ । ‘माओवादी पार्टीलाई बारम्बार ध्यानकर्षण गराउँदा पनि बन्दसूचीमा रहेको थारु कलस्टरको पहिलो नम्बरका पार्वतीदेवी फौजदारलाई बेवास्ता गर्दै अन्य नाम पठाएको छ । सो सूचीलाई सच्याइ प्रदेशमा थारु प्रतिनिधिको अनिवार्य प्रतिनिधित्वका लागि निवेदन पेस गरेका छौं,’ राम खाँ चौधरीद्वारा हालिएको निवेदनमा उल्लेख छ ।

त्यस्तै उनीहरुले प्रतिनिधिसभातर्फको बन्दसूची पेस गर्दा थारु कलस्टरको १ नम्बरमा रहेका मानपुर चौधरी र लक्ष्मी चौधरीको अनिवार्य उपस्थितिको माग पनि गरेका छन् ।

२ नम्बर प्रदेशका थारु नेताहरुको टोलीले पार्टी कार्यालयमा पनि ध्यानर्षण गराएका छन् । बारा–रौतहट संयोजक प्रभु साहलाई भेटी उनीहरुले सूची सच्याउन माग गरेको छ ।