आर्थिक

ग्लोबल आइएमई बैंकको एघारौँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्नो ११औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लाई बल्ड ब्याग हस्तान्तरण गरि उक्त रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको सुरुवात गरेका थिए ।

“रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ पौष २१ गते बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ११३ शाखा, १२७ एटिएम, ४ बटा एक्टेन्सन काउण्टर, ५८ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ८ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा युके, अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, जापान, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।